सरकारसँग देउवा दम्पतीको आग्रह : नेपाल फर्कन सहज अवस्था बनाइयोस्
B
Binita Thapa२०२६-०६-१७, ०४:०० AM

काठमाडौँ, असार ३ - पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् ।
आउँदो साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी उनीहरुले सरकारलाई गराएका छन् । देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको हो ।
नवयुवा आन्दोलनको क्रममा गएको भदौ २४ मा बूढानीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उनीहरु घाइते भएका थिए । त्यसपछि थप उपचारका लागि भन्दै सिंगापुर पुगेका हुन् ।
नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ । देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरुमाथि धरपकड नगर्न सर्वोच्च अदालतबाट जेठ ११ गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



