Global TV Logo
लोड हुँदैछ...

निर्वाचन कानुन संशोधनमा आयोगको जोड

S
Sristi Thakuri
२०२६-०६-०५, १२:४५ PM
होमपेज/समाचार
निर्वाचन कानुन संशोधनमा आयोगको जोड

निर्वाचन आयुक्त सगुनशमशेर राणाले निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न प्रस्तावित विधेयक पारित भए निर्वाचन प्रणालीमा देखिएका करिब ९० प्रतिशत समस्या समाधान हुने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आयोगले विधेयकको मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइसकेको जानकारी दिँदै २०८४ सालको प्रदेश र स्थानीय तह निर्वाचनअघि यसलाई संसदबाट पारित गर्नुपर्ने बताए।

राणाले विगतमा पनि यस्तै विधेयक संसदमा अघि बढ्न नसकेको उल्लेख गर्दै यसपटक आवश्यक छलफलपछि पारित हुने विश्वास व्यक्त गरे। उनले पछिल्लो निर्वाचनमा सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघनका घटना बढी देखिएको पनि बताए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
निर्वाचन कानुन संशोधनमा आयोगको जोड | Global TV Khabar