Global TV Logo
लोड हुँदैछ...

राजदरबार हत्याकाण्डको फाइल पुनः खुल्ने संकेत, गृहमन्त्री गुरुङको पहिलो निर्णय

S
Sristi Thakuri
२०२६-०६-१०, ०६:०६ AM
होमपेज/विशेष समाचार
राजदरबार हत्याकाण्डको फाइल पुनः खुल्ने संकेत, गृहमन्त्री गुरुङको पहिलो निर्णय

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । 

पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढाइने बताएका हुन् । 

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिससहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने समेत उनको भनाई छ । 

साथै गुरुङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली गठन गर्ने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप प्रभावकारी बनाउँदै, हाल प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिएका छन् । 

साथै मन्त्री गुरुङले कुनैपनि नागरिकमाथि चरित्रहत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com