देश र जनतामाथि विश्वासघात गरिरहेको सरकार : एमाले
S
Sristi Thakuri२०२६-०६-११, ०८:५७ AM

प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र साहले आम मतदाताको हुर्मत लिने काम गरिरहेको आरोप लगाएका छन । बिहीवार प्रतिनिधि सभा बैठकमा उनले सरकार र प्रधानमन्त्री साहको पटक पटकको गतिविधिले नेपाली जनता, संसद र जनमतको हुर्मत लिने र अपमान गर्ने काम भइरहेको जिकिर गरे ।
प्रमुख सचेतक महरले प्रधानमन्त्री र सरकारका राष्ट्रघाती कदमहरुले आफूलाई नै लज्जित बनाएको पनि बताए । उनले जनतासँग कामै गरेर देखाउने भनेर आएको दलको सरकारले जनता विरोधी काम गरेको देख्दा दुःख लागेको पनि बताए ।
प्रमुख सचेतक महरले सरकारले देश र जनतामाथि विश्वास घात गरिरहेको पनि बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



