Global TV Logo
लोड हुँदैछ...

सरकार पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन प्रतिबद्ध: मन्त्री तिमिल्सिना

S
Sristi Thakuri
२०२६-०६-१७, १०:१४ AM
होमपेज/विशेष समाचार
सरकार पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन प्रतिबद्ध: मन्त्री तिमिल्सिना

काठमाडौँ, असार ३ - सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले पत्रकारहरूको न्यूनतम पारिश्रमिक कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सो व्यवस्था प्रभावकारी बनाउन सञ्चार प्रतिष्ठानहरूले पत्रकारको मासिक पारिश्रमिक (पेरोल) विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

 उनले श्रमजीवि पत्रकारका समस्या समाधानका लागि सरकार निरन्तर छलफलमा रहेको बताउँदै आगामी आर्थिक वर्षमा पत्रकारिता क्षेत्रका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।  साथै खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्न २१ लाख रुपैयाँको फेलोसिप कार्यक्रम पनि सञ्चालन गरिने उनको थियो । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com