सुनसरी र सिराहाका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सरकारले सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सुनसरीका तीन र सिराहाका एक गरी चार जनालाई सहिद घोषणा गरिएको जानकारी दिए।
सरकारको निर्णयअनुसार सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादव सहिद घोषित भएका छन्।
प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको घटनालाई सरकारले औपचारिक रूपमा सम्मान गर्दै सहिद घोषणा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयसँगै मृतकका परिवार तथा सम्बन्धित क्षेत्रबाट उठ्दै आएको सहिद घोषणाको मागसमेत सम्बोधन भएको छ।
सरकारले सहिद घोषणा गरेका चारै जनाको योगदान तथा मृत्युको घटनालाई राज्यले औपचारिक रूपमा सम्मान गर्ने जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



