धनुषाबाट सबैभन्दा बढी, मनाङबाट सबैभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा

काठमाडौं, साउन ४ - गत आर्थिक वर्ष २०८२/८३ मा धनुषाबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ७७ जिल्लामध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका हुन् । श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट गएका छन् ।
विभागका अनुसार धनुषाबाट वैदेशिक रोजगारीमा जान गत आर्थिक वर्ष ३८ हजार ५ सय ५३ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै झापाबाट कुल ३५ हजार १ सय २४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष मनाङबाट जम्मा २ सय १७ जनाले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
त्यसपछि मुस्ताङ २ सय ४४, डोल्पा ६ सय १४, हुम्ला ६ सय ४३ र दार्चुलाबाट २ हजार ३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार गत आर्थिक वर्षभर वैदेशिक रोजगारीका लागि कुल ७ लाख ९२ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएका छन् ।
तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...


