Global TV Logo
लोड हुँदैछ...

प्रतिनिधिसभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

S
Sristi Thakuri
२०२६-०५-३१, १०:२८ AM
होमपेज/समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।आइतबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई छलफलपछि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

विधेयकमाथि छलफलका क्रममा केही सांसदहरूले समावेशी प्रतिनिधित्वलाई अझ प्रभावकारी र स्पष्ट बनाउन संशोधन प्रस्ताव दर्ता गरेका थिए। मधेशी दलित, पिछडिएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय उठाउँदै तीन वटा संशोधन प्रस्ताव पेश गरिएका थिए। तर अन्ततः प्रस्तावकहरूले सबै संशोधन फिर्ता लिएपछि विधेयक सर्वसम्मत रूपमा पारित भएको हो।विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दिएकी थिइन्। उनले संशोधन प्रस्तावमार्फत उठाइएका विषयलाई सरकारले सकारात्मक रूपमा लिएको बताउँदै आगामी निर्वाचनसम्बन्धी कानुन संशोधनका क्रममा ती सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरिन्।मन्त्री गौतमले २०७८ सालको जनगणनाको तथ्यांकलाई आधार बनाएर विधेयक तयार गरिएको उल्लेख गर्दै प्रतिनिधित्वसम्बन्धी विषय विधेयकको मूल व्यवस्थामै समावेश रहेको दाबी गरिन्। साथै, निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने नयाँ विधेयक तयारीको चरणमा रहेको र त्यस क्रममा सांसदहरूले उठाएका सुझावहरूलाई समेट्न सरकार प्रतिबद्ध रहेको बताइन्।संशोधन प्रस्ताव फिर्ता लिएसँगै विधेयक सर्वसम्मत रूपमा पारित भएको हो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com