Global TV Logo
लोड हुँदैछ...

भदौ २३–२४ का घटना आन्दोलन होइन, सुनियोजित आपराधिक गतिविधि थियो : ओली

S
Sristi Thakuri
२०२६-०६-०३, ०७:१६ AM
होमपेज/राजनीति
भदौ २३–२४ का घटना आन्दोलन होइन, सुनियोजित आपराधिक गतिविधि थियो : ओली

 नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री कपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन बहुमत प्राप्त सरकारलाई विस्थापित गर्ने उद्देश्यले रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन् । 

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेप उद्धृत गर्दै उनले ती घटना प्रायोजित तथा आपराधिक प्रकृतिका रहेको दाबी गरेका हुन् ।  संवैधानिक र संसदीय प्रक्रियाबाट सरकार हटाउन नसकेपछि अवैधानिक बाटो अपनाइएको उनको भनाइ थियो।

अध्यक्ष ओलीले आगजनी, पेट्रोल बम निर्माणलगायतका गतिविधिका लागि पहिलेदेखि नै प्रशिक्षण सञ्चालन गरिएको तथा नेताहरूका घर र सम्पत्तिबारे जानकारी सङ्कलन गरिएको दाबी गरेका छा् ।  लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउने र झुटा आरोप लगाएर जनमत प्रभावित पार्ने प्रयाससमेत सोही योजनाको हिस्सा रहेको उनले उल्लेख गरेका छन् । 

आपराधिक गतिविधि आफैं आयोजना गरेर दोष अरूमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले उक्त घटनालाई सुनियोजित षड्यन्त्रको परिणामका रूपमा चित्रण गरे । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com