गुरुङमाथिको छानबिन सकियो, सरकारलाई प्रतिवेदन बुझाइयो

तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि गरिएको छानबिन प्रतिवेदन समितिले सरकारलाई बुझाएको छ।
छानबिन समितिका संयोजक तथा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीले छानबिन प्रक्रिया पूरा गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाइएको जानकारी दिएका छन्। उनका अनुसार अब आवश्यक प्रक्रिया सरकारको तर्फबाट अघि बढाइनेछ।“हाम्रो तर्फबाट काम सकेर प्रतिवेदन बुझायौं, अब बाँकी प्रक्रिया सरकारबाट अघि बढ्छ,” संयोजक भण्डारीले बताए।
मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार गठन गरिएको समितिमा उच्च अदालतका पूर्वन्यायाधीश भण्डारी संयोजक, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
समितिले गुरुङमाथि लागेका आरोपबारे सम्बन्धित निकायसँग बुझ्नुका साथै सम्पत्ति विवरणसमेत अध्ययन गरेको र आवश्यक बयान लिएको जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



