सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभा बैठक स्थगित
S
Sristi Thakuri२०२६-०८-२५, ०६:४७ AM

काठमाडौं , भदौ ९ - सभामुख डोलप्रसाद (डीपी) अर्यालकी सासू आमाको निधन भएपछि मंगलबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
संघीय संसद् सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो। सभामुख अर्यालको निजी सचिवालयले उनकी सासू आमाको निधन भएकाले बैठक स्थगित गरिएको जनाएको छ।
सचिवालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक स्थगित गरिएको हो।
अब प्रतिनिधिसभाको अर्को बैठक भदौ १० गते बुधबार दिउँसो १ बजे बस्नेछ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा अर्को बैठकको मिति र समय तोकिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



