Global TV Logo
लोड हुँदैछ...

लामो समयदेखि अनुपस्थित २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

S
Sristi Thakuri
२०२६-०७-१६, ०७:१७ AM
होमपेज/विशेष समाचार
लामो समयदेखि अनुपस्थित २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं,  असार ३२ – स्वास्थ्य मन्त्रालयले लामो समयदेखि विना जानकारी कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीहरूसँग स्पष्टीकरण सोधेको छ । 

लामो समयदेखि स्वीकृतिबिना कार्यालयमा अनुपस्थित स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण माग गरेको हो । मन्त्रालयले बिहीबार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स र ल्याब टेक्निसियनहरुको नामावली सार्वजनिक गर्दै उनीहरुलाई १५ दिनभित्र सफाइ पेश गर्न भनेको छ । उनीहरुले स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्था देखिएको सूचनामा उल्लेख छ । त्यसैले सोही ऐन बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने ? भनेर स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण माग गरिएको सूचनामा वीर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, आयुर्वेद चिकित्सालय नरदेवी लगायतका अस्पताल तथा स्वास्थ्य संस्थाका डाक्टर, नर्स, ल्याब टेक्नोलोजिस्ट लगायतको नाम छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com