विपक्षीको अवरोधले राष्ट्रिय सभा बैठक फेरि स्थगित
S
Sristi Thakuri२०२६-०६-०९, १०:३० AM

विपक्षी दलहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मंगलबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। अब राष्ट्रिय सभाको अर्को बैठक जेठ २८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्नेछ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक गतिरोधप्रति चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दल दुवैले समस्या समाधानका लागि आवश्यक पहल गर्न नसकेको टिप्पणी गरे । उनले संसद्मा नाराबाजी र बैठक स्थगित हुने क्रम दोहोरिनु उपयुक्त नभएको बताउँदै जनताले अनुभूति गर्ने गरी समाधान खोज्न आग्रह गरे ।
प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सार्वजनिक माफीको माग गर्दै संसद् अवरोध जारी राखेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



