Global TV Logo
लोड हुँदैछ...

नेपालमा विशिष्टीकृत अदालती पत्रकारिताको आवश्यकता : न्यायाधीश फुयाँल

S
Sristi Thakuri
२०२६-०७-३१, १०:४८ AM
होमपेज/विशेष समाचार
नेपालमा विशिष्टीकृत अदालती पत्रकारिताको आवश्यकता : न्यायाधीश फुयाँल

काठमाडौं , साउन १५ - सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपालमा व्यावसायिक र विशिष्टीकृत अदालती पत्रकारिताको आवश्यकता रहेको बताएका छन् । 

शुक्रबार सर्वोच्च अदालतमा आयोजित ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ पुस्तक विमोचन कार्यक्रममा उनले न्यायपालिकाको संवेदनशीलता र कानुनी जटिलतालाई बुझेर गरिने निष्पक्ष रिपोर्टिङले मात्र लोकतन्त्र र न्याय प्रणालीप्रतिको जनविश्वास बलियो बनाउने बताए । 

उनले मूलधारका केही सञ्चारमाध्यममा संस्थागत वैचारिक झुकावका कारण अदालती रिपोर्टिङ प्रभावित हुने गरेको उल्लेख गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे । 

भारतका ‘लाइभ ल’ र ‘बार एण्ड बेन्च’ जस्ता कानूनी समाचारमा केन्द्रित माध्यमको उदाहरण दिँदै उाले  नेपालमा पनि यस्ता विशिष्टीकृत पोर्टल आवश्यक रहेको बताए ।  कानुनी विषयमा दक्ष पत्रकारले गर्ने रिपोर्टिङले सूचनाको विश्वसनीयता र आधिकारिकता बढ्ने उनको भनाइ थियो।

डिजिटल सञ्चारको विस्तारसँगै नेपालमा पनि अदालती पत्रकारिता विशेषज्ञतामा आधारित बन्दै जाने विश्वास व्यक्त गर्दै उनले अदालतले पत्रकारहरूलाई अन्तर्राष्ट्रियस्तरको न्यायिक रिपोर्टिङबारे जानकारी गराउने प्रयास गरिरहेको समेत बताए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com