Global TV Logo
लोड हुँदैछ...

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति पूर्ण

S
Sristi Thakuri
२०२६-०५-२२, ११:०२ AM
होमपेज/समाचार
नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति पूर्ण

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन् ।निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाए ।यस्तै, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान ६१ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले १६ मत प्राप्त गरेका थिए ।निर्वाचित दुवै पदाधिकारी अध्यक्ष अञ्जन श्रेष्ठ निकट समूहबाट विजयी भएका हुन् । यससँगै महासङ्घको नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ ।महासङ्घको नयाँ नेतृत्वले निजी क्षेत्रको हित, उद्योग व्यवसाय प्रवर्द्धन तथा आर्थिक गतिविधि सशक्त बनाउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com