Global TV Logo
लोड हुँदैछ...

विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्छ : सांसद सुवेदी

S
Sristi Thakuri
२०२६-०९-२८, ०९:०२ AM
होमपेज/समाचार
विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्छ : सांसद सुवेदी

 काठमाडौं, असोज १२ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले विपद् जोखिम न्युनिकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने बताएका छन । 

सोमवार काठमाडौंमा आयोजित विपद् जोखिम न्युनिकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यन्वयनको अवस्थासम्बन्धी अन्तरक्रियामा उनले विकास निर्माण गर्नुअघि भौगोलिक तथा विपद् जोखिमको अध्ययन गर्नुपर्ने बताए । जोखिमयुक्त क्षेत्र पहिचानका लागि नेपालभित्र उपलब्ध विज्ञ जनशक्तिको उपयोग गर्नुपर्ने र आवश्यक परेमा अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिनुपर्ने उनको भनाई छ । 

उनले विपद्पछि तत्काल गरिने प्रतिकार्य र पुनःस्थापनामा मात्रै सीमित भएर जोखिम न्यूनीकरण सम्भव नहुने बताए । विपद् प्रभावित नागरिकहरू आफ्नो पुरानै स्थानमा फर्किएर बस्न चाहने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्दा रोजगारी तथा जीविकोपार्जनका अवसरसमेत सुनिश्चित गर्नुपर्ने बताए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com