Global TV Logo
लोड हुँदैछ...

राप्रपाको कार्यसम्पादन समिति बैठक आज, महाधिवेशनको मिति तय हुने

S
Sristi Thakuri
२०२६-०६-१८, ०५:३१ AM
होमपेज/विशेष समाचार
राप्रपाको कार्यसम्पादन समिति बैठक आज, महाधिवेशनको मिति तय हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । 

आगामी केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो साढे १२ बजेपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।  प्रवक्ता श्रेष्ठका अनुसार यसपटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ । बैठकले महाधिवेशनको मिति समेत तोक्नेछ । केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीको सूर्य ब्यांकेटमा असार ५ गते बिहान ११ बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com