Global TV Logo
लोड हुँदैछ...

रास्वपाले महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तय गर्‍यो

S
Sristi Thakuri
२०२६-०६-१८, ०८:२७ AM
होमपेज/विशेष समाचार
रास्वपाले महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तय गर्‍यो

काठमाडौँ, असार ३ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी साता चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि मापदण्ड तोकेको छ । 

रास्वपाले अधिवेशन हुन नसकेको मधेशबाट समेत प्रतिनिधित्व गराउनका लागि मापदण्ड तोकेको हो । रास्वपाले महाधिवेशन आयोजक समिति गठन हुँदाको समयसम्म केन्द्रीय पोर्टलमा दर्ता भएको प्रदेश समिति पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व गराउने भएको छ । 

प्रदेश अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र प्रदेश विभागका पदाधिकारीहरुलाई पनि महाधिवेशनमा प्रतिनिधित्व गराइने भएको छ । प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिवको पनि प्रतिनिधित्व हुनेछ । प्रदेश–काठमाडौं सम्पर्क विभागबाट प्रमुखसहित तीन जना प्रतिनिधित्व हुने गरी मापदण्ड निर्धारण गरिएको छ । यसैगरी,जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाहरुबाट सभापतिसहित तीन सदस्यलाई प्रतिनिधित्व गराइने रास्वपाले जनाएको छ । अधिवेशन नभएका निर्वाचन क्षेत्रको हकमा निर्वाचन क्षेत्र खारेज भएको भए उपस्थिति नगराउने रास्वपाले जनाएको छ । 

यदि निर्वाचन क्षेत्र खारेज नभएको भए संयोजकमात्र उपस्थित हुन पाउने छन् । निर्वाचन सम्पन्न भएका पालिकाको हकमा एक जना सभापति वा सभापतिले तोकेको समितिका पदाधिकारी वा सदस्य मध्येबाट एक जना प्रतिनिधि हुन पाउने छन् ।

 यसैबीच, रास्वपाले कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ । असार ७ देखि ९ गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com