Global TV Logo
लोड हुँदैछ...

नेपाली क्रिकेटको महाउत्सव एनपीएलको तेस्रो संस्करण आजदेखि

B
Binita Thapa
२०२६-१०-२६, ०४:०९ AM
होमपेज/विशेष समाचार
नेपाली क्रिकेटको महाउत्सव एनपीएलको तेस्रो संस्करण आजदेखि

कात्तिक ९- नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । 

प्रतियोगिताको उद्घाटन खेलमा गएको संस्करणका फाइनलका प्रतिष्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । आज बेलुकी ५ बजे शुरु हुने उद्घाटन खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ । तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाण्डौ गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् । 

तेस्रो संस्करणको एनपीएलको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । 

उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट मान्यता, विदेशी खेलाडीको सहभागिता, फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धा, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ । आईसीसीले एनपीएललाई मान्यता दिएसँगै यसपटक विश्वका चर्चित स्टार विदेशी   खेलाडीको आगमन भएको छ । 

लिग चरणका खेलमा साधारणतर्फको टिकट ५ सय रुपैयाँ र प्रिमियमतर्फको टिकट एक हजार रुपैयाँ निर्धारण गरिएको छ । एलिमिनेटर र फाइनल खेलका लागि भने साधारण टिकट १ हजार र प्रिमियम टिकट २ हजार रुपैयाँ तोकिएको छ । 

तेस्रो संस्करणको एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com