Global TV Logo
लोड हुँदैछ...

राजा चाहनेहरूको मत पनि रास्वपालाई गएको छ : लिङदेन

S
Sristi Thakuri
२०२६-०६-२१, ११:१९ AM
होमपेज/विशेष समाचार
राजा चाहनेहरूको मत पनि रास्वपालाई गएको छ : लिङदेन

काठमाडौँ, असार ७-  राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा राजसंस्था चाहने मतदाताको एक हिस्सा पनि रास्वपातर्फ आकर्षित भएको दाबी गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपालाई भोट नदिएर बालेन शाहले राजा ल्याउन सक्छन् भन्ने अपेक्षासहित केही मतदाताले रास्वपालाई समर्थन गरेको बताए।

उनले जनताले दिएको अभूतपूर्व जनमतको सम्मान गर्दै उनीहरूको विशिष्ट चाहना र अपेक्षालाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाको नेतृत्व सक्षम हुनुपर्ने उल्लेख गरे।

लिङदेनले रास्वपाले देश बनाउन पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने भन्दै यो अवसर गुमे त्यसको क्षति केवल पार्टीलाई नभई सिंगो देशलाई हुने चेतावनी समेत दिए।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com