कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत वडा अधिवेशन आज पनि जारी

असोज ४ - नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत शनिबारदेखि सुरु भएको वडा अधिवेशन आज पनि जारी छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बाँकी ३१ वटा जिल्लामा वडा अधिवेशन हुँदैछ । १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यही असोज १६ गतेदेखि १९ गतेसम्म १५ औँ केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत शनिबारदेखि वडा अधिवेशन प्रक्रिया सुरु भएको हो । निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा र बागलुङमा वडा अधिवेशन सम्पन्न भएको छ । यस्तै, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय समितिले जनाएको छ । सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
कांग्रेसले वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ । कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौमा हुने कार्यतालिका छ । त्यसअघि वडा तह हुँदै क्षेत्रीय र जिल्ला तहका अधिवेशन सम्पन्न गरिनेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



