Global TV Logo
लोड हुँदैछ...

तिहारका पाँचै दिन देशभर मौसम सफा रहने, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

S
Sristi Thakuri
२०२६-११-०५, ०५:१४ AM
होमपेज/विशेष समाचार
तिहारका पाँचै दिन देशभर मौसम सफा रहने, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक १९ - यस वर्षको तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी शनिबार काग तिहारदेखि बुधबार भाइटीकाको दिनसम्म धेरै ठाउँमा मौसम सफा रहनेछ । तिहार अवधिभर तराईका धेरै ठाउँमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा आंशिक बदली हुने महाशाखाको अनुमान छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली तथा पहाडी थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि त्यसको प्रभाव सामान्य रहने छ । तिहार अवधिमा बिहानपख तराई, उपत्यका तथा खोँचका केही ठाउँमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । समग्रमा तिहारका पाँच दिन देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिने हुँदा पर्व मनाउन अनुकूल मौसम रहने मौसमविद्को भनाइ छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com