Global TV Logo
लोड हुँदैछ...

मिडिया हाउस र नेता निवासअघि राखिएका शंकास्पद गाडीबारे गहिरो अनुसन्धान भएन

S
Sristi Thakuri
२०२६-०७-१४, ०५:४८ AM
होमपेज/विशेष समाचार
मिडिया हाउस र नेता निवासअघि राखिएका शंकास्पद गाडीबारे गहिरो अनुसन्धान भएन

काठमाडौं,  असार ३० – विभिन्न सञ्चारमाध्यम र नेताको निवासअगाडि सोमबार शंकास्पद रूपमा राखिएका गाडीलाई सामान्य जरिवाना तिराएर छाडिएको छ । 

शंकास्पद रूपमा राखिएका गाडीबारे प्रहरीले अनुसन्धान भइरहेको भनेपनि गाडी धनीसँग सामान्य सोधपुछ समेत नगरी छाडेको पाइएको हो । काठमाडौँका विभिन्न सञ्चारमाध्यम र नेताको निवास अगाडि सोमबार शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाले दिनभर चर्चा पाएको छ । 

राजनीतिक दल,नागरिक समाज लगायतले गम्भीर छानबिन गर्न माग गरेपनि उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्रेन प्रयोग गरेर उठाएका ती गाडीहरूलाई सामान्य जरिवाना तिराएर साँझ फिर्ता गरेको छ । बिहान गाडी छाडेर हिँडेकाहरू क्रेनले गाडी उठाएर रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पु¥याएको सूचना पाएपछि साँझ कार्यालय पुगेका थिए । उनीहरू अनधिकृत रूपमा पार्किङ गरेको कसुरमा जरिवानाको चिट काटेर आफ्ना गाडी लिई फर्किएका हुन् । 

अनधिकृत रूपमा पार्किङ गरिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार जरिवाना गराउने गरिएको छ । शंकास्पद रूपमा पार्किङ गरेर हिँड्नेहरूलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गराइएको भएपनि ती गाडीहरू त्यहाँ किन राखिएका थिए भन्ने कुरा अनुसन्धानको दायरामा परेको छैन । 

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडिया हाउस र पत्रकारका गाडीलाई दिनभर बन्धक बनाउने सवारीसाधनलाई सामान्य ५ सय रुपैयाँ जरिवाना मात्रै गराएर छाडिएकोमा कडा आपत्ति जनाउँदै यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com