आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मान र अधिकार सुनिश्चित गर्न जोड

काठमाडौँ , असोज १५ - ‘दीर्घायुको युगःदीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने मूल नाराका साथ ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
राष्ट्रसंघ महासभाले सन् १९९० डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा घोषणा गरेपछि सन् १९९१ देखि हरेक वर्ष दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिक ज्ञान,अनुभव, सीप र संस्कारका महत्वपूर्ण स्रोत भएकाले सम्मान,हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् । बदलिँँदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य, सामाजिक सुरक्षा र एक्लोपनाका चुनौती बढ्दै गएको भन्दै मन्त्रालयले जेष्ठ नागरिकको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ । नेपालको संविधानले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



