Global TV Logo
लोड हुँदैछ...

आज विश्व शरणार्थी दिवस, विस्थापितहरूको सम्मानमा विश्वभर विविध कार्यक्रम

S
Sristi Thakuri
२०२६-०६-२०, ०७:०९ AM
होमपेज/विशेष समाचार
आज विश्व शरणार्थी दिवस, विस्थापितहरूको सम्मानमा विश्वभर विविध कार्यक्रम

काठमाडौं असार ६- आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरि मनाइँदै छ । 

द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै शरणार्थी दिवस प्रत्येक वर्ष जुन २० मा मनाउने गरिन्छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय युएनएचसीआरका अनुसार सन् २०२५ को मध्यसम्म विश्वभर ११ करोड ७३ लाखभन्दा बढी मानिस उत्पीडन, द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन वा सार्वजनिक शान्तिसुरक्षामा गम्भीर असर पार्ने घटनाका कारण विस्थापित भएका छन् ।

 सुडान, युक्रेन, अफगानिस्तान, सिरियाली अरब गणराज्य, म्यान्मार तथा प्रजातान्त्रिक गणतन्त्र कंगोलगायत मुलुकमा जारी संकटले लाखौँलाई घरबार छाड्न बाध्य बनाएको छ । राष्ट्रसंघले शरणार्थीको संरक्षण केवल मानवीय संवेदनाको विषय मात्र नभई विश्व शान्ति र स्थायित्वको आधारसमेत भएको जनाएको छ । 

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व शरणार्थी  अवसरमा जारी सन्देशमा शरण लिन बाध्य भएका सबै व्यक्ति तथा उनीहरूलाई आश्रय प्रदान गर्ने मुलुक र समुदायलाई थप बलियो समर्थन आवश्यक भएको बताएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com