आज पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
B
Binita Thapa२०२६-०८-२६, ०४:०० AM

१० भदौ- इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
जन्मजयन्तीका अवसरमा नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम, ¥याली तथा सभा आयोजना गरिएका छन् । मुस्लिम समुदायले यस दिन पैगम्बर मोहम्मदका उपदेश र योगदानलाई स्मरण गर्ने गर्छन् । मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। मक्का र मदिनालाई मुस्लिम समुदायका प्रमुख धार्मिक तीर्थस्थलका रूपमा मानिन्छ। मुस्लिम धर्मावलम्बीहरू जीवनमा कम्तीमा एकपटक मक्कामा हज गर्न चाहन्छन् ।
यसै अवसरमा सरकारले आज मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



