Global TV Logo
लोड हुँदैछ...

प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

B
Bijay Pokharel
२०२६-०५-१३, ०१:५३ AM
होमपेज/विशेष समाचार
प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री बालेन्द्र शाहले आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि सरकारले सोमबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिन लागेका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ 

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । 

आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद्सचिवालयले जनाएको छ ।।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com