Global TV Logo
लोड हुँदैछ...

ट्राफिक प्रहरीको कडा जाँच: मापसेदेखि लेनक्रससम्म हजारौं चालक कारवाहीमा

S
Sristi Thakuri
२०२६-०५-२४, ०७:४९ AM
होमपेज/समाचार
ट्राफिक प्रहरीको कडा जाँच: मापसेदेखि लेनक्रससम्म हजारौं चालक कारवाहीमा

ट्राफिक प्रहरीले २४ घण्टाको अवधिमा एक हजार ८ सय ४१ जना सवारी चालकलाई कारबाही गरेको छ । 

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ८ सय ४१ जना सवारी चालकलाई कारबाही गरेको हो । कारबाहीबाट रु चार लाख ७९ हजार ५ सय १ राजस्व संकलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १ सय ७ र राइड सेयरिङमा १ सय ९२ जना कारवाहीमा परेका छन् । यस्तै,रातोबत्तीमा १ सय ८३, तीव्र गतिमा १ सय २६, लेनक्रसमा ४१,सडक फुटपाथमा ७५ जना कारवाहीमा परेका छन् । हर्न निषेधमा १ सय ४९, एकतर्फीमा ७७ र अन्यमा ८ सय ९१ गरी कुल एक हजार ८ सय ४१ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com