Global TV Logo
लोड हुँदैछ...

टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा पाङ्ग्रामा आगो लाग्यो, यात्रुहरू सकुशल

B
Bijay Pokharel
२०२६-०५-११, ०२:०८ AM
होमपेज/समाचार
टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा पाङ्ग्रामा आगो लाग्यो, यात्रुहरू सकुशल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो देखिएको छ।

इस्तानबुलबाट काठमाडौं आएको जहाज आज बिहान करिब पौने सात बजेतिर ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको विमानस्थलले जनाएको छ।

आगो देखिएलगत्तै विमानस्थलमा रहेका दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो। विमानस्थल सुरक्षा स्रोतका अनुसार घटनापछि यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

विमानमा रहेका सबै यात्रुहरू सकुशल रहेको बताइएको छ। आगो लाग्नुको कारण र जहाजको अन्य प्राविधिक अवस्थाबारे अहिले जाँच भइरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com