एमाले केन्द्रीय कमिटी बैठक लम्बियो
S
Sristi Thakuri२०२६-०९-२२, ०५:५४ AM

काठमाडौं , असोज ५ - कार्यसूचीमाथि नेताहरूले आपत्ति जनाएपछि नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ।
बुधबार बिहान सचिवालय बैठक बसेर कार्यसूची टुंगो लगाएपछि दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक पुनः सुरु गर्ने तयारी छ। प्रतिवेदनमाथि सबै सदस्यलाई धारणा राख्न समय दिई बिहीबार बेलुकीसम्म बैठक समापन गर्ने तयारी गरिएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



