एमाले प्रमुख सचेतक महरले भने– ‘मलाई गोली हान्ने धम्की आइरहेको छ’
S
Sristi Thakuri२०२६-०७-१४, १०:११ AM

काठमाडौं, असार ३० – नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत ज्यान मार्ने धम्की आइरहेको भन्दै प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै महरले जनप्रतिनिधिको हैसियतमा सरकारका कामको आलोचना र खबरदारी गर्दा आफूलाई निशाना बनाइएको बताए।
उनले ‘पराजुली राम’ नामको फेसबुक आईडीबाट गोली हान्ने धम्की आएको र पूर्णविक्रम क्षेत्री नामका व्यक्तिबाट समेत भौतिक आक्रमणको धम्की आएको जानकारी दिए।
सार्वजनिक रूपमा जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको भन्दै महरले सदन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले आफूहरू सरकारको विरोधका लागि मात्र नभई जनसरोकारका विषयमा आवाज उठाउँदै आएको बताए।
लोकप्रिय खबर
लोड हुँदैछ...



