Global TV Logo
लोड हुँदैछ...

अमेरिका–इरान शान्ति वार्ता आजै सुरु हुन सक्ने, भान्स स्विट्जरल्यान्ड जाँदै

S
Sristi Thakuri
२०२६-०६-२१, ०४:४५ AM
होमपेज/समाचार
अमेरिका–इरान शान्ति वार्ता आजै सुरु हुन सक्ने, भान्स स्विट्जरल्यान्ड जाँदै

काठमाडौँ, असार ७- अमेरिका र इरानबीचको अवरुद्ध शान्ति वार्ता आज हुनसक्ने बताइएको छ । 

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँग आज नै वार्ता  सुरु हुनसक्ने बताएका हुन् । वार्ताका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको छन् । 

भान्सले आफू पनि स्विट्जरल्यान्ड जाने र वार्ता आइतबारै सुरु हुन सक्ने बताएका छन् । यसैबीच,लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले स्ट्रेट अफ हर्मुज फेरि बन्द गरेको जनाएको छ । तर, अमेरिकी सेनाले यसलाई अस्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा भइरहेको दाबी गरेको छ । अमेरिकी उपराष्ट्रपति भान्सले पनि इरानले हर्मुज जलमार्ग बन्द गरेको कुनै प्रमाण नदेखिएको दाबी गरेका छन् ।

 इरानी सेनाले अमेरिका–इरानबीच युद्ध अन्त्यका लागि भएको सम्झौताको उल्लङ्घन भएको आरोप लगाएको छ । सम्झौताअनुसार जलमार्ग पुनः सञ्चालनमा ल्याउने सहमति भएको थियो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रवक्ता टिम हकिन्सले जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन जारी रहेको र अमेरिकी सेनाले परिस्थितिको निगरानी गरिरहेको बताएका छन् । 

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अन्य पक्षले सम्झौताअनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् । यसअघि अमेरिका र इरानका राष्ट्रपतिबीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्धविराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो । 

सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ । तर,लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको खबर सार्वजनिक भएपछि परिस्थिति जटिल बनेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com