विशेष अदालतको आदेशपछि विष्णु पौडेल सात दिन थुनामा

काठमाडौं असार १० - विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । अदालतको आदेशअनुसार विभागले अनुसन्धान जारी राख्नेछ ।
आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा राखिएको छ । थप अनुसन्धान आवश्यक परे सात दिनको म्याद सकिएपछि पुनःविशेष अदालतबाट म्याद थप गराउनुपर्नेछ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
यसैबीच,नेकपा एमालेले पार्टी उपाध्यक्ष पौडेलको पक्राउलाई गैरन्यायिक भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



