Global TV Logo
लोड हुँदैछ...

विष्णु पौडेल विशेष अदालतमा पेस

S
Sristi Thakuri
२०२६-०६-२३, १०:१६ AM
होमपेज/विशेष समाचार
विष्णु पौडेल विशेष अदालतमा पेस

काठमाडौं असार ९ -  राजनीतिक र प्रशासनिक वृत्तमा चासोको विषय बनेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेत प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि आज उनलाई काठमाडौं ल्याइ विशेष अदालतमा उपस्थित गराइएको हो।

विभागका अनुसार पौडेलमाथि सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे शंकास्पद विवरणहरूका आधारमा अनुसन्धान अघि बढाइएको छ। सोही अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com