कांग्रेसको नेतृत्व चयनका लागि मतदान भोलि बिहान ७ बजेका लागि सर्यो
B
Binita Thapa२०२६-१०-०८, १०:२६ AM

असोज २२- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदानको समय भोलि बिहान ७ बजेसम्मका लागि सारिएको छ।
बिहीबार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान दिउँसो १ बजेका लागि सारिएको थियो । त्यसपछि पुन : दिउँसो २ बजेका लागि तोकिएको मतदान भोलि बिहान ७ बजे गर्ने गरी सारिएको हो ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...


