Global TV Logo
लोड हुँदैछ...

बेलायतलाई मध्यस्थ बनाउन खोजिएको होइन : परराष्ट्रमन्त्री खनाल

S
Sristi Thakuri
२०२६-०६-०७, ०८:२८ AM
होमपेज/राजनीति
बेलायतलाई मध्यस्थ बनाउन खोजिएको होइन : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजिएको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र साहले सीमा समस्याबारे ‘इङ्गल्याण्ड सरकार’ सँग पनि छलफल भइरहेको उल्लेख गरेपछि खनालले नयाँदिल्लीबाट स्पष्टिकरण दिएका हुन्।

उनले बेलायतसँग मध्यस्थता नभई सीमा विवादसँग सम्बन्धित ऐतिहासिक दस्तावेजमा पहुँचको विषयमा मात्र चासो राखिएको बताए। बेलायतका पुस्तकालय वा संग्रहालयमा रहेका अभिलेख अध्ययन गरेर आवश्यक प्रमाण संकलन गर्ने उद्देश्य रहेको उनको भनाइ छ।

यसअघि भारतको विदेश मन्त्रालयले नेपाल–भारत सीमा समस्या द्विपक्षीय रूपमा समाधान हुनुपर्ने भन्दै तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरिसकेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
बेलायतलाई मध्यस्थ बनाउन खोजिएको होइन : परराष्ट्रमन्त्री खनाल | Global TV Khabar