"जीबी राई कहिले सम्पर्कमा आउँछन् ? सांसद पार्वती विकको प्रश्न"
S
Sristi Thakuri२०२६-०६-१८, १२:३४ PM

काठमाडौँ, असार ३ - प्रतिनिधिसभामा गृह मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सहकारी प्रकरणका फरार अभियुक्त जीबी राईबारे सरकारसँग प्रश्न उठाएकि छन् ।
बिहीबारको बैठकमा बोल्दै उनले जीबी राई कहिले सम्पर्कमा आउँछन् भन्ने स्पष्ट जानकारीको माग गरिन् । १४ भदौ २०८० मा सहकारी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले राईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि मुख्य अभियुक्त अझै फरार रहेको उनको भनाइ छ।
सांसद विकले राज्यले ठूला अपराधका अभियुक्तलाई नियन्त्रणमा लिन नसक्नु गम्भीर विषय भएको टिप्पणी गर्दै प्रहरीको मनोबल बढाउने विशेष कार्यक्रम आवश्यक रहेको सुझाव पनि दिइन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



