Global TV Logo
लोड हुँदैछ...

कहाँ लुकेका छन् जेनजी आन्दोलनका बेला भागेका हजारौं कैदीबन्दी

S
Sristi Thakuri
२०२६-०५-१८, १२:३३ PM
होमपेज/समाचार
कहाँ लुकेका छन् जेनजी आन्दोलनका बेला भागेका हजारौं कैदीबन्दी

गत भदौं२३ र २४ गते  भएको जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका कैदीबन्दीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जेनजी आन्दोलन चर्किएपछि मौका छोपेर देशभरिका कारागारबाट हजारौँ कैदीबन्दीहरु भागेका थिए जसमध्ये केही पुनः कारागार फर्किए भने फरार कैदीबन्दीको संख्या अझै हजारौंमा रहेको तथ्यांकले देखाएको छ । अदालतबाट दोषी ठहर भएका हजारौँ अपराधीहरु आजको दिनमा पनि समाजमा लुकिछिपी बसिरहेका छन् । जसले गर्दा समाजमा चोरीचकारी तथा अपराधका घटना बढ्न सक्ने चिन्ता यथावत रहेको छ । आफूखुसी फर्कने तथा सुरक्षाकर्मीले फिर्ता ल्याएकासहित अहिलेसम्म १० हजार ३ सय ४३ कैदीबन्दी फर्किएका छन् । उक्त बेला जेलबाट भागेका १४ हजार ५ सय ६० कैदीबन्दीमध्ये ४ हजार २ सय ७ जना अझै फरार रहेका छन् । 

कारागार व्यवस्थापन विभागका अनुसार विभिन्न जेलबाट भागेका ९ हजार ६ सय ४७ कैदीबन्दी तथा बाल सुधारगृहहरुबाट भागेका ६ सय ९६ फर्किएको तथ्याङ्क छ । देशभरिका २७ वटा कारागार तथा ९ वटा बालसुधार गृहबाट बन्दीहरु भागेका थिए । विभागले फरार कैदीबन्दीलाई फिर्ता ल्याउने प्रयासलाई थप प्रभावकारी बनाउने गरि काम गरिरहेको छ । जसका लागि विभागले फरार कैदीबन्दीको नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत सुरक्षा निकाय, निर्वाचन आयोग, अध्यागमन विभाग, राहदानी विभाग, यातायात, भूमि व्यवस्थापन जस्ता प्रमुख सरकारी निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको छ । ती निकायमा कुनै पनि सार्वजनिक सेवा लिन आएको खण्डमा उनीहरुलाई तत्काल पक्राउ गरिने विभागले जनाएको छ ।हजारौँ कैदीबन्दी जेल फर्किएको भए पनि सुरक्षा चुनौती कायमै रहेको बताइन्छ । अहिले प्रहरीले पनि टोलीहरु गठन गरेर फरार बन्दीहरुलाई पक्राउ गर्ने कारबाहीहरु गरिरहेको छ । खुला सीमा भएकाले कतिपय कैदीबन्दी भारततर्फ भागेका छन् । खुला सीमाको दुरुपयोग हुन नदिन भारतसँग जोडिएका सबै जिल्लाका प्रहरी प्रमुखहरुमार्फत् भारतीय सुरक्षा निकायसँग समन्वय गर्ने काम पनि भइरहेको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com