Global TV Logo
लोड हुँदैछ...

विश्व कप कसले उठाउला त ? स्पेन कि अर्जेन्टिना

S
Sristi Thakuri
२०२६-०७-१९, ०६:४८ AM
होमपेज/विशेष समाचार
विश्व कप कसले उठाउला त ? स्पेन कि अर्जेन्टिना

काठमाडौं, साउन ३ - फिफा विश्वकप फुटबल २०२६ को उपाधिका लागि फाइनलमा स्पेन र अर्जेन्टिना भिड्दै छन् । 

 फिफा विश्वकप २०२६ को उपाधिका लागि नेपाली समयअनुसार भोली बिहान पौने १ बजे अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी स्टेडियममा साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच खेल हुन लागेको हो ।

 शैली र रणनीतिका हिसाबले भिन्न मानिएका दुई फुटबल महाशक्तिबीचको फाइनललाई निकै प्रतीक्षित खेलका रूपमा हेरिएको छ । युरोपेली च्याम्पियन स्पेन सेमिफाइनलमा बलियो दाबेदार फ्रान्सलाई पूर्ण रूपमा निरिह बनाउँदै फाइनलमा प्रवेश गरेको हो । बलमाथि बलियो नियन्त्रण राख्ने रणनीति बुनेको लुइस डे ला फुएन्टेको टोलीले फ्रान्सेली आक्रमणलाई सफल हुन दिएन । सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेन १६ वर्षपछि पुनः उपाधि नजिक पुगेको छ । 

प्रतियोगिताभर स्पेनले विपक्षीलाई मात्र एक गोल सुम्पिएको छ । अर्कोतर्फ, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फाइनलसम्म आइपुग्न निकै उतारचढाव र रोमाञ्चक बाटो तय गरेको छ । कप्तान मेसी फेरि चामत्कारिक लयमा देखिएका छन् । 

कतार विश्वकप २०२२ को विजेता अर्जेन्टिना लगातार दोस्रो पटक र समग्रमा सातौँ पटक फाइनल पुगेको हो । विश्वकप फुटबलको मञ्चमा स्पेन र अर्जेन्टिना ६० वर्षपछि पहिलो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि सन् १९६६ को विश्वकपमा यी दुईबीच एकमात्र खेल भएको थियो ।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com