Global TV Logo
लोड हुँदैछ...

नाफा नहुने भए उद्योग किन चलाउने ? : महन्थ ठाकुर

S
Sristi Thakuri
२०२६-०६-१८, १२:१३ PM
होमपेज/विशेष समाचार
नाफा नहुने भए उद्योग किन चलाउने ? : महन्थ ठाकुर

काठमाडौँ, असार ३ - जनता समाजवादी पार्टी (नेपाल)का सांसद महन्थ ठाकुरले सरकारका गतिविधि र अभिव्यक्तिका कारण निजी क्षेत्र निरुत्साहित बन्दै गएको टिप्पणी गरेका छन् । 

बिहीबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समिति को बैठकमा बोल्दै उनले उद्योगी–व्यवसायीहरू निरन्तर पलायन भइरहेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताए । 

सरकारका केही जिम्मेवार पदाधिकारीबाट आउने अभिव्यक्तिले व्यवसायीहरूमा थप अन्योल र त्रास सिर्जना गरेको उल्लेख गर्दै ठाकुरले नाफा कमाउन नसक्ने अवस्था भए उद्योग सञ्चालन गर्नुको अर्थ नरहने धारणा राखे । निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले लगानीमैत्री वातावरण निर्माणतर्फ सरकार गम्भीर हुनुपर्ने उनको थियो।

ठाकुरले लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूले देख्न खोजेको अवस्था अहिलेको नभएको उल्लेख गर्दै आर्थिक गतिविधि बढाउने र निजी क्षेत्रको विश्वास जित्ने दिशामा सरकार केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com