हावाहुरीले बाह्रदशीमा ६० बिघा केरा खेती नष्ट, ३ करोड क्षति

झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण व्यावसायिक केरा खेतीमा ठूलो क्षति पुगेको छ । विशेषगरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिसविघा क्षेत्रलगायत स्थानमा लगाइएको केरा खेती हावाहुरीले ढालेर नष्ट गरेको स्थानीयले बताएका छन् । प्रारम्भिक विवरणअनुसार करिब ६० बिघा क्षेत्रफलमा फैलिएको केरा खेती प्रभावित भएको छ ।उत्पादन बजार पठाउने तयारी भइरहेका बेला अचानक आएको हावाहुरीले केराका बोटहरू ढालेपछि किसानहरू समस्यामा परेका छन् । प्रारम्भिक अनुमानअनुसार यस प्राकृतिक विपद्बाट करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताइएको छ ।घटनापछि झापाका प्रमुख जिल्ला अधिकारीसहित गाउँपालिकाको प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ । स्थानीय किसानहरूले प्राकृतिक विपत्तिबाट ठूलो आर्थिक क्षति व्यहोर्नुपरेकाले राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



