Global TV Logo
लोड हुँदैछ...

वर्षायामसँगै भारत र बंगलादेशमा नेपालको विद्युत् निर्यात बढ्यो

S
Sristi Thakuri
२०२६-०६-२२, ०६:२९ AM
होमपेज/विशेष समाचार
वर्षायामसँगै भारत र बंगलादेशमा नेपालको विद्युत् निर्यात बढ्यो

काठमाडौँ, असार ८ - वर्षायाम लागेसँगै नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न थालेको छ । चैत–वैशाखदेखि नै थोरै परिमाणमा निर्यात सुरु भएकोमा वर्षायाम लागेसँगै निर्यात वृद्धि हुन थालेको हो ।

 नेपाल विद्युत् प्राधिकरणका अनुसार बंगलादेशतर्फ पनि ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक ३० मा अनुमति पाएको थियो । त्यस्तै, भारतले नेपाललाई निर्यातका निम्ति दिएको अनुमति १ हजार १ सय ६५ मेगावाट छ ।

 उक्त अनुमति अनुसार भारतमा पनि जुन १५ देखि थप विद्युत् निर्यात सुरु भएको प्राधिकरणले जनाएको छ । जेठ ३१ गते अर्थात् जुन १५ देखि नेपालबाट भारततर्फ पनि विद्युत् निर्यात उल्लेख्य रूपमा बढेको छ । हाल नेपालले भारत र बंगलादेश गरी दैनिक करिब ६ सय ५० मेगावाटसम्म विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता राजन ढकालले जुन १५ तारिखदेखि भारतको हरियाणा र बिहारसँगको द्विपक्षीय सम्झौता बमोजिमको विद्युत् निर्यात सुरु भएको जानकारी दिएका छन् ।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com