नेयमारको पुनरागमनसँगै ब्राजिलको विश्वकप टोली घोषणा
No image available
प्रशिक्षक कार्लाे एन्सोलोटीले चर्चित तथा अनुभवी नेयमारलाई समेट्दै फिफा विश्वकप २०२६ खेल्ने ब्राजिलको टिम घोषणा गरेका छन् ।
प्रशिक्षक एन्सोलोटीले सन् २०२३ देखि अन्तर्राष्ट्रिय खेल नखेलेका नेयमारलाई विश्वकपबाट पुनरामगन गराउने निर्णय गराएका हुन् । पछिल्लो समय घाइते भएपछि नेयमार ब्राजिलको टिमबाट बाहिर हुँदै आएका थिए । उनको आगमनसँगै ब्राजिल छैटौं पटक उपाधि जित्ने विश्वास गरिएको छ । ६६ वर्षीय इटालियन प्रशिक्षक एन्सोलोटीले पछिल्लो वर्षदेखि ब्राजिलको टिम हेरिरहेका छन् । एन्सोलोटीले नेयमारको अनुभवले विश्वकपमा काम गर्ने बताएका छन् । नेयमारसँगै ब्राजिलको अग्रपंक्तीमा भिनिसियर जुनियर, राफिन्हा, माथ्युस कुन्हा, एन्द्रिक जस्ता खेलाडी रहने छन् । तर, घाइते भएपछि रियाल मड्रिडका युवा स्टार रोड्रिगो, रक्षक इडर मिलिटाओ टिममा समेटिएका छैनन् । पाँच पटकको विश्व विजेता ब्राजिलले समूह सी मा जुन १३ मा मोरक्कोसंग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने ४८ टोली सहभागी विस्तारित विश्वकप जुन ११ बाट सुरु हुनेछ ।।
लोकप्रिय खबर
लोड हुँदैछ...



