Global TV Logo
लोड हुँदैछ...

विश्व कीर्तिमानी डा. डीआर उपाध्यायले ल्याए ‘हरे कृष्ण’

B
Binita Thapa
२०२६-०९-२१, ०३:४१ AM
होमपेज/समाचार
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायले ल्याए ‘हरे कृष्ण’

 असोज ५- १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको आध्यात्मिक तथा भक्तिमूलक भावनाले ओतप्रोत नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक गरिएको छ । डा. उपाध्यायकै शब्द तथा स्वरमा तयार भएको भजनमा भक्ति, आध्यात्मिक चेतना र सामाजिक सन्देशलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरिएको छ । ‘हरे कृष्ण’मा सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको छ । 

खेमनाथ खनालको निर्देशनमा तयार भएको भिडियोमा रामशरण उप्रेतीको छायांकन तथा सञ्जय अधिकारीको दृश्य सम्पादन र कलर रहेको छ । भिडियोमा डा. उपाध्यायसँगै सुनिता खनाल, तुलसी खड्कालगायत पारिवारिक व्यक्तित्वहरूको अभिनय रहेको छ । डा. उपाध्यायले आफू देश तथा विदेशका विभिन्न मठमन्दिरको दर्शनसँगै सिर्जनात्मक यात्रालाई निरन्तरता दिइरहेको बताएका छन् । गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय डा. उपाध्यायका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन् । 

गीत–संगीतसँगै पुस्तक लेखनमा समेत प्रयोग गर्दै आउनुभएका उपाध्यायका सिर्जनामा आकार, संरचना र विषयवस्तुका दृष्टिले समेत विविधता पाइन्छ । डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लन्डन यूकेलगायत विभिन्न संस्थाबाट १५३ वटा विश्व रेकर्डका प्रमाणपत्र प्राप्त गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायले ल्याए ‘हरे कृष्ण’ | Global TV Khabar