चीन–उत्तर कोरिया सम्बन्ध मजबुत बनाउन सीको भ्रमण
S
Sristi Thakuri२०२६-०६-०५, ०६:१४ AM

चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन्।
चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मंगलबारसम्म प्योङयाङको भ्रमण गर्नेछन्।
सन् २०१९ यता पहिलोपटक हुन लागेको यो भ्रमणलाई दुई देशबीचको रणनीतिक र कूटनीतिक सम्बन्ध थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा सीले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



