एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न

साउन २५- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ ।
अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो । अभियानअन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा तेस्रो विजेता सबिना थापालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ । विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू लक्की ड्रमा सहभागी भएका थिए ।
पुरस्कार ग्रहणपछि तीनै जना विजेताले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि यस्तै नवीन, आकर्षक तथा उपभोक्तामुखी अभियान सञ्चालन गरिरहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो । उक्त योजनाअन्तर्गत समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेताका रूपमा घोषित भएका छन् । एक्सट्रिम इनर्जी ड्रिंक नेपाली बजारमा युवा पुस्तामाझ लोकप्रिय इनर्जी ड्रिंक ब्रान्डका रूपमा स्थापित हुँदै आएको छ ।
खेलकुद, मनोरञ्जन तथा उपभोक्ता सहभागितामूलक अभियानमार्फत ब्रान्डले आफ्ना ग्राहकसँग अझ सशक्त सम्बन्ध निर्माण गर्दै आइरहेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


