Global TV Logo
लोड हुँदैछ...

अमेरिकामा चलचित्र निर्देशक कृष्ण चापागाईंको निधन

B
Binita Thapa
२०२६-०६-१०, ०४:०९ AM
होमपेज/समाचार
अमेरिकामा चलचित्र निर्देशक कृष्ण चापागाईंको निधन

काठमाडौँ , जेठ २७ - चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा हृदयघातका कारण निधन भएको छ । बोस्टनस्थित क्यामब्रीज हेल्थ अलाइन्स ईभिरिट अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । 

काठमाडौँ, जोरपाटीका स्थायी बासिन्दा उनी डेढ दशकदेखि अमेरिकामा बस्दै आएका थिए । पत्नी, दुई छोरी र एक छोरासहित उनी बोस्टनमा बस्थे ।

उनले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’ ‘निखिल दाइ’लगायतका चलचित्रको लेखन, निर्देशन गरेका छन् । उनले केही समय जोरपाटीमा चापागाईं सुटिङ स्टुडियो सञ्चालन गरेका थिए । चलचित्र क्षेत्रमा सक्रिय हुनुअघि उनी नाट्यकर्मी थिए । 

त्यसपछि भिडियो फिल्म हुँदै ठूलो पर्दाका चलचित्रको सहायक निर्देशकका रूपमा सक्रिय भए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
अमेरिकामा चलचित्र निर्देशक कृष्ण चापागाईंको निधन | Global TV Khabar