आगामी आर्थिक वर्षभित्र नेपाललाई ‘सडक बालबालिका मुक्त’ बनाउँछौँः मन्त्री वादी

काठमाडौँ,असार २२- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने लक्ष्य रहेको बताएकी छन् ।
सोमवार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो घोषणा गरिन् । मन्त्री वादीले सडक बालबालिकाको संरक्षणका लागि सडक बालबालिका विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भइसकेको जानकारी दिएकी छन् ।
राष्ट्रिय बाल अधिकार परिषद्, स्थानीय तह, नेपाल प्रहरी र विभिन्न संघसंस्थाको समन्वयमा सडकमा रहेका बालबालिकाको तत्काल उद्धार, अस्थायी संरक्षण, उपचार, मनोसामाजिक परामर्श र पारिवारिक पुनर्मिलनको कार्यलाई तीव्रता दिइने उनको भनाइ छ ।
मन्त्रालयको कार्यक्षेत्र विस्तार भएको उल्लेख गर्दै मन्त्री वादीले अब दलित, मधेसी, मुस्लिम, थारू, आदिवासी जनजाति र सीमान्तकृत समुदायको मुद्दालाई पनि प्राथमिकतामा राखिएको बताइन् ।
सम्बन्धित खबर
लोकप्रिय खबर
लोड हुँदैछ...


