एलपी ग्यासमा गरिएको १०५ रुपैयाँ मूल्यवृद्धि तत्काल खारेज गर्न राष्ट्रिय उपभोक्ता मञ्चको माग

काठमाडौं ,भदौ २० - राष्ट्रिय उपभोक्ता मञ्चले खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।
प्राकृतिक विपद्को समयमा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ मूल्यवृद्धि गरिएको भन्दै उपभोक्ता मञ्चले मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसंग माग गरेको हो । मञ्चले एक विज्ञप्ति जारी गरेर खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ मूल्यवृद्धि गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विपद्को समयमा उद्योगी र नेपाल आयल निगमका पदाधिकारीमाथि उच्चस्तरीय छानबिन गरी कारबाही गर्नुपर्ने र विपद्का बेला उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने मञ्चले बताएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी विज्ञप्तिमा रातारात कालोबजारी गर्ने नियतले दुःखी र पीडित उपभोक्ताको ढाड भाँचिने गरी गरिएको मूल्यवृद्धि हदैसम्मको अमानविय, गैरजिम्मेवारीपूर्ण र निन्दनीय कार्य भएको टिप्पणी गरेका छन् । संकटको समयमा उपभोक्तालाई राहत दिनुपर्ने दायित्व बोकेको सरकारी निकाय नेपाल आयल निगम स्वयम् उद्योगीहरुको नाफाखोर प्रवृत्ति र लुटतन्त्रमा मिलेमताको रमिते बनेको मञ्चको आरोप छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



