Global TV Logo
लोड हुँदैछ...

काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता र आगामी कार्यदिशाबारे छलफल

B
Buna Ghimire
२०२६-०७-०६, १०:४२ AM
होमपेज/विशेष समाचार

No image available

काठमाडौँ, असार २२ - नेपाली काँग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको सक्रियतामा सोमवार कार्यालयको उद्घाटनसँगै औपचारिक बैठक समेत प्रारम्भ भएको हो । 

कार्यालयको उद्घाटन र बैठकको प्रारम्भिक सत्रमा पार्टीका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका सन्दर्भमा देखिएका विवाद तथा पार्टीको हालसम्मका गतिविधिबारे स्पष्ट पारे । उनले  पार्टीलाई विभाजनबाट जोगाउन शिर्ष नेताहरू र केन्द्रिय सदस्यहरूले निरन्तर प्रयास गरे तापनि पछिल्लो पाँच महिनामा एकताको ठोस परिणाम देखा नपरेकोमा चिन्ता व्यक्त गरेको नेता मिनबहादुर विश्वकर्माले बताए । 

 बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेसभित्र मजबुत एकता आवश्यक रहेको बताए ।  उनले निर्वाचन आयोग र अदालतबाट मान्यता प्राप्त नेतृत्वले पार्टी एकताका लागि सार्थक पहल गर्न नसकेको आरोप समेत लगाए ।

  बैठकले आगामी साउन ६ गते विपी कोईरालाको स्मृति दिवसलाई ऐतिहासिक रूपमा मनाउने निर्णय गरेको छ । मंगलवार पुनः बैठक बसेर कार्यक्रमको विस्तृत कार्यतालिका र स्थान तय गर्ने बताउनु भयो । बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका र सम्पर्क कार्यालयमार्फत गरिने आगामी गतिविधिहरूबारे पनि निष्कर्ष निकाल्ने नेता विश्वकर्माले जानकारी दिए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com